Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेविरुद्ध कारबाही गर्न माग गर्दै फेरी सर्वोच्च पुगे सफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला चितवनबासीमाझ फेरि एक पटक आफुलाई मतदान गर्न आग्रह गर्दै घरदैलो अभियानमा व्यस्त छन् ।

हुनत मंसिरमा सम्पन्न चुनावमा पनि तेब्बर मत ल्याएर उनी प्रतिनिधिसभा सदस्य बनेका थिए । तर, नागरिकता काण्डमा उनको सबै पद गुमेपछि चितवनमा पुनः चुनाव हुन लागेको हो ।

लामिछाने भोट माग्न व्यस्त भइरहेका बेला यता युवराज पौडेल ‘सफल’ भने सर्वोच्च अदालतमा लामिछानेविरुद्ध फेरि पनि मुद्दा दर्ता गर्न पुगिसकेका छन् । युवराज पौडेल ‘सफल’ले रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही माग गर्दै सर्वोच्चमा पुुगेका हुन् ।

सफलले रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरेका छन् । लामिछानेविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो।

तर प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए। मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ।

लामिछानेमाथि कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलले माग गरेका छन् । प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको विषयमा सर्वोच्चले रिट दर्ता गर्छ कि गर्दैन त्यो भने पर्खाइको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077