Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको सत्ता अरुले नै चलाउँछ, प्रचण्ड, ओली र देउवा पात्र मात्रै हुन् : कृष्ण महरा

नवलपरासी । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता नेपालीले नभएर अरु कसैले चलाइरहेको दाबी गरेका छन् ।

सभामुख र गृहमन्त्रीसमेत भइसकेका महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।

'देश अरु कसैले चलाइरहेको छ, उनले भने, प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।' तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा भने गरेनन् ।

यस्तै महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्त्वपूर्ण मुद्दा टुंगोमा पुर्‍याउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077