Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारमा जानेबारे उपचुनावपछि निर्णय गर्छौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय गर्ने भएको छ ।

१० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै सभापति रवि लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए । सभापति लामिछानेले नीति कार्यक्रमबाट भ्रष्टाचारका फाइल खोल्ने बुँदा हटाइएको हो भने सरकारमा सहभागी नहुने बताए ।

उपनिर्वाचनपछि मात्र सरकारमा जाने वा नजाने निर्णय लिइने उनले जानकारी दिए । प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077