Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल बनाउन ढिला भैसक्यो, अब राजनीतिलाई कोल्टे फेराउनु पर्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा.स्वर्णिम वाग्लेले नेपाल बनाउन ढिलो भएको बताउँदै महाअभियानमा होमिएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन लड्न लागेका वाग्लेले यस्तो बताएका हुन् ।

बसुन्धरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरू छोटो अवधिमा नेपाललाई द्रुत गतिमा बनाउने महाअभियानमा लागेको बताए ।

वाग्लेले विश्वका धेरै देशहरुको उदाहरण दिएर नेपाल पछि परेको बताउँदै नेपालको आर्थिक सामाजिक लक्ष्यहरुलाई स्पष्ट पारेर जनतामा गई विकासको काम अघि बढाउनुपर्ने बताए ।

यस्तै,नयाँ राजनीतिक युग सुरू गर्ने संकल्प लिएर आएको पनि उनले बताए । वाग्लेलेअब कुरेर, धैर्य गरेर, जेल नेल भोगेर भत्ता खाने उमेरमा सम्मानित पदमा जाने भन्दा पनि जनतालाई ‘डेलभरी ’ दिने राजनीतिमा अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077