Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी जता कमिसन उतै लागे : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन् ।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।

पर्यटनमन्त्री किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा लाग्ने गरेको कुरा थाहा पाएको बताए ।

पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनको भनाई थियो ।

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077