Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौंं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज उम्मेदवार छान्ने भएको छ ।

एमालेले पार्टीको सचिवालय बैठक बसेर उम्मेदवार टुंगो लगाउन लागेको हो ।

शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र आज बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उम्मेदवार तय गरिने बताइएको छ ।

बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

त्यसका लागि यही चैत २० गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077