Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शनिबार पत्रकार सम्मेलन गर्दै रास्वपाका उम्मेदवार रवि, रमेश र स्वर्णिम

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका तीनै उम्मेदवारले शनिबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत शुक्रबार यसबारे जानकारी गराएका हुन् ।

चितवन २ बाट चुनावी मैदानमा उत्रिएका पार्टी सभापति रवि लामिछाने, बारा २ बाट मैदानमा उत्रिएका रमेश खरेल र तनहुँ २ बाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लले शनिबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने छन् ।

डा. वाग्लेले बिहीबार कांग्रेस त्यागी रास्वपाबाट चुनावी मैदानमा उत्रने निर्णय गरेका थिए । आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077