Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनियुक्त अर्थमन्त्री महतद्धारा पदभार ग्रहण, भने - बिग्रेको अर्थतन्त्र सुधारेरै छाड्छु

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले शपथ लिएलगत्तै पदबहाली गरेका छन् ।

सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर मन्त्री महतले पदबहाली गरेका हुन् ।

पदभार ग्रहण गरेपछि अर्थमन्त्री महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताए ।

उनले मस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे ।

साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनले बताए ।

सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077