Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा-२ मा रास्वपाको उम्मेदवार रमेश खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर २ मा रमेश खेरल उम्मेदवार बन्ने भएका छन् । बिहीबार राती अबेर रास्वपाले सो क्षेत्रबाट खरेललाई उम्मेदवार बनाउने सूची सार्वजनिक गरेको हो ।

पार्टीले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारको सूचीअनुसार बारा २ मा दुईजना आकांक्षी छन् । त्यसमध्येका एक खरेल हुन् । सुशासन पार्टीका अध्यक्ष रहेका खरेल रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् ।

उम्मेदवारीका लागि दावी पेश गरेका अर्का व्यक्ति युवराज न्यौपानेलाई व्याक गराएर खरेललाई उठाउने तयारी गरिएको बुझिएको छ ।

यस्तै सार्वजनिक नाम अनुसार चितवन २ मा पार्टी सभापति रवि लामिछानेको नाम एकल रुपमा सिफारिस छ। यस्तै, तनहुँ १ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077