Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछाने भन्छन् - म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब स्वर्णिम दिनहरु आउने टिप्पणी गरेका छन् ।

बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । उनले एकको बदला तिन लिएर संसद छिर्ने सपना रहेको समेत बताए ।

उनले लेखेका छन् 'मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।'

आज मात्रै नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस छाडेका थिए । वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उपनिर्वाचन लड्ने चर्चा छ। यसबारे वाग्लेले केही खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077