Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पशुपतिलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक पर्यटकहरूको गन्तव्यस्थलका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गर्दै राष्ट्रपति पौडेललले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेललले पशुपति क्षेत्रमा मन्दिरमा पूजा गर्न जने मात्रै नभई पूजापछि विश्रामका लागि पनि बगैँचाहरूको निर्माण गरी व्यवस्थित गर्न जरुरी रहेको बताए ।

पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077