Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविलक्षित जीतनारायणको ब्यंग्य - मंसिरमा आएको हावाहुरीले अहिले काम गर्दैन

काठमाडौं । चितवन-२ मा नेपाली कांग्रेसबाट टिकट पाएपछि कांग्रेस नेता जीतनारायण श्रेष्ठले मंसिरमा आएको हावाहुरीले अहिले काम नगर्ने बताएका छन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेसंगै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० वैशाखमा हुने उपनिर्वाचनमा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अहिले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा माहोल नरहेको नेता श्रेष्ठले बताए ।

रविलाई लक्षित गर्दै श्रेष्ठले भने, ‘मंसिरमा भएको निर्वाचन चितवनमा हावाहुरी आएको थियो। जे हावाहुरी आएको थियो त्यो मान्छे अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने परिस्थिति बनेको छ।’

लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछानेमाथि नै धेरै प्रश्न उठेको श्रेष्ठले बताए । मंसिरमा सम्पन्न निर्वाचनमा चितवन–२बाट लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077