Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेक्सिकोको आप्रवासी हिरासतमा आगलागी, ३९ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोको आप्रवासी हिरासतमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ ।

अमेरिकी सीमानजिकै सिउडाड जुआरेजमा रहेको आप्रवासी हिरासत केन्द्रमा सोमबार राति भीषण आगलागीमा परी अन्य २९ बन्दी घाइते भएका छन् ।

मेक्सिकोको राष्ट्रिय अध्यागमन संस्थानको विज्ञप्तिमा आगलागीमा परी कम्तीमा ३९ जनाको ज्यान गएको छ भने २९ जना घाइतेलाई अस्पताल लगिएको उल्लेख छ ।

मेक्सिकोको महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा अनुसन्धानकर्ताहरू रहेका छन् ।

'म दिउँसो एक बजेदेखि मेरा छोराछोरीको बुबाको पर्खाइमा थिएँ, र जब राति १० बजे चारैतिरबाट धुवाँ निस्कन थाल्यो,' भेनेजुएलाका नागरिक ३१ वर्षीय भ्याङ्ली इन्फान्टेले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077