Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • चैते दसैँको अवसरमा चौरपाटी गाउँपालिकाले दियो सार्वजनिक बिदा

    चैते दसैँको अवसरमा चौरपाटी गाउँपालिकाले दियो सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 960
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाले चैते दशैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    चौरपाटी गाउँपालिका स्थानीय राजपत्रमा मंगलबार प्रकाशित सूचनाअनसार बुधबार सार्वजनिक बिदा दिइएको हो ।



    प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाद्धारा जारी सूचनामा भनिएको छ, ‘प्रस्तुत बिषय सम्बन्धमा चौरपाटी गाउँपालिका स्थानीय राजपत्रको मिति २०७९-१२-१४ गते प्रकाशित सूचना अनुसार चैत्र शुक्ल अष्ठमी (चैते दशै) को पावन अवसरमा चौरपाटी गाउँपालिका र गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा मिति २०७९-१२-१५ गते बुधवार १ दिन सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारिका लागि अनुरोध छ ।’



    हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवम् देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार