Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मंगलबार नेप्से १२.१० अंकले उकालो, १ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । साताको तेस्राे कारोबार दिन मंगलबार सेयर बजारमा उकालो लागेको छ ।

नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूहको सेयर सामान्य घटेको छ भने अरू समूहको सेयर बढेको छ ।

मंगलबार दुई सय ५८ वटा कम्पनीका ४० लाख ७७ हजार कित्ता सेयर एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

त्यस्तै, कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त इन्स्योरेन्सले ६ करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077