Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन मन्त्रालयमा दाबी गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले राम्रा तीन मन्त्रालयमा दाबी गर्ने निर्णय गरेको हो ।

बैठकमा नेताहरुले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका थिए ।

पार्टीले सरकारमा सहभागी हुन कम्तिमा तीनवटा मन्त्रालयबाट पछि नहट्ने अडान राख्ने भएको छ । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा मापदण्ड बनाएर सोही मापदण्डका आधारमा मन्त्री छनोट गर्ने समाजवादीले जनाएको छ ।

सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको बताए । नेकपा एसले गृह मन्त्रालयको अडान राखेको छ ।

उनीहरुले गृह नभए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भए पनि तीन मन्त्रालयबाट घट्न नसक्ने स्पष्ट सन्देश प्रधानमन्त्रीलाई दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077