Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुदूरपश्चिम प्रहरी प्रमुखमा बोहरा, बास्तोलालाई कोशीको जिम्मेवारी

    सुदूरपश्चिम प्रहरी प्रमुखमा बोहरा, बास्तोलालाई कोशीको जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 804
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले कोशी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रहरी प्रमुख खटाएको छ ।

    प्रधान कार्यालय स्रोतका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा एसएसपी राजेशनाथ बास्तोला र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रमुखमा एसएसपी भरतबहादुर बोहरालाई खटाइएको हो ।



    यसअघि कोशी प्रदेश प्रहरी प्रमुख रहेका बिवादास्पद डीआईजी श्यामलाल ज्ञवाली प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि कोशी प्रदेश प्रहरी कार्यालय नेतृत्वविहीन थियो ।



    गृहमन्त्रालयले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको प्रमुख रहेका एसएसपी बास्तोलालाई कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।

    यस्तै तत्कालीन डीआईजी अशोक सिंहले राजिनामा दिएपछि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय पनि नेतृत्वविहिन थियो । नेपाल प्रहरी प्रधान कार्यालयको प्रहरी निरिक्षणालयमा कार्यरत एसएसपी बोहरालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा खटाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार