Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेम गर्न नजान्नेले देश चलाउन सक्दैन : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्र श्राद्धको बाहुन जस्तो भएको बताएका छन् ।

अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।

मन्त्री किरातीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताए । उनले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताए ।

उनले मन्त्री बनेपछि ठुलाठुला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने सोचे पनि कामको चाप बढी हुने गरेको अनुभव सुनाए ।

मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिंड्ने सोह्र श्राद्धको बाहुन जस्तो भएको बताउँदै उनले माफीसमेत मागे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077