Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी नेता वर्षमान पुन यसै साता स्वदेश फर्किने

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन यसै साता स्वदेश फर्किने तयारी गरेका छन् ।

उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले सबै अवस्था हेरेर यो साताभित्रै स्वदेश फर्किने तयारी रहेको पुन निकट स्रोतले बतायो ।

जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप चीन गएका हुन् ।

अहिले नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077