Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सन्दीपविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइ हुँदै

    सन्दीपविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 642
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ ।

    ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको हो । सन्दीपविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ ।



    सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ। नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो । तर लामिछानेलाई कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।



    तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार