Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपचुनावका लागि सोमबार उम्मेदवार टुंगो लगाउने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवार टुंग्याउने निर्णय गरेको छ ।

आज सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले उपनिर्वाचनमा उम्मेदवारको विषयमा छलफल गर्न सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने र त्यहाँबाट टुंगो लगाउने निर्णय गरेको छ ।

यस्तै बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भएको र छिट्टै सरकारलाई पूर्णता दिने तयारी भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077