Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलारुसी नागरिक र सरकारी संस्थामाथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाले बेलारुसका सरकारी संस्था र नौ जना बेलारुसी नागरिकलाई पनि प्रतिबन्ध लगाएको छ ।

बेलारुसमा सन् २०२० मा भएको चुनावमा धाँधली गरेको र रुसको समर्थन गरेको आरोपमा अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धपछि यी सरकारी संस्था र व्यक्तिको आर्थिक कारोबार र व्यापार ठप्प हुनेछ । प्रतिबन्धमा पर्नेमा बेलारुसको अटोमोबाइल प्लान्टसहित अटोमोबाइल निर्मातासमेत रहेका छन् ।

अमेरिकाका अनुसार ती अटोमोबाइल कम्पनीले सन् २०२० को चुनावमा धाँधली विरुद्ध शान्तिपूर्ण विरोध गर्ने श्रमिकलाई कामबाट निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077