Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमकै पहिलो महिला सीडिओ बनिन् जोशी

दार्चुला । गृह मन्त्रालयले दार्चुलामा पहिलोपटक महिला सीडीओ पठाएको छ । गृह मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार किरण जोशीलाई शुक्रबार दार्चुलामा सरुवा गरेर पठाएको हो ।

जोशी सुदूरपश्चिमकै पहिलो महिला सीडिओ समेत बनेकी छिन । जोशी सुदूरपश्चिमबाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्ने पहिलो महिला हुन् ।

बैतडीमा जन्मीएकी जोशीले यसअघि डोटीको सहायक सीडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गरिसकेकि छिन् ।

जोशीले जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकि छन्। जोशीले लोकसेवासम्बन्धी पुस्तकसमेत लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077