Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • शेयर बजारमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा न्यौपानेविरुद्ध मुद्दा दायर

    शेयर बजारमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा न्यौपानेविरुद्ध मुद्दा दायर

    तीन करोड २३ लाख बिगो दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 702
    SHARES

    काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

    भित्री कारोबार गरेको आरोपमा नेपाल धितोपत्र बोर्डले न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।



    न्यौपानेले पदमा बहाल रहेको अवस्थामा शेयर खरिदरबिक्री गरेको विषयमा अनुसन्धान गर्दा भित्री कारोबार भएको पुष्टि भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बोर्डले भित्री कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको यो पहिलोपटक हो ।



    धितोपत्र बोर्डले यसअघि न्यौपानेलाई १० वर्षसम्म सूचीकृत कम्पनीको सञ्चालक बन्न रोक लगाउने तथा ७५ हजार जरिबाना तिराउने निर्णय गरेको थियो ।

    बोर्डले न्यौपानेविरुद्ध तीन करोड २३ लाख रुपैयाँ बिगो र एक वर्षसम्म कैद सजायको माग दाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार