Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक २ हजार डलरले बढेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक वृद्धि गर्दै १२ हजार अमेरिकी डलर पुर्‍याइएको हो ।

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्‍याएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उनको पारिश्रमिक वृद्धि गरिएको क्यानले जनाएको छ।

देसाईको प्रशिक्षणमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को १२ खेलमध्ये ११ मा जित निकाल्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोटमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077