Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपेन्द्र यादवलाई सीकेको व्यंग्य - बारा २ मा फिरंगी उम्मेदवारको गुन्जायस छैन

बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले 'मिसन बारा-२' को आरम्भ गरेका छन् ।

अध्यक्ष राउतले उपचुनावलाई लक्षित गर्दै महागढीमाईको दर्शन गरेर मिसन बारा २ आरम्भ गरेका हुन् ।

अध्यक्ष राउतले बारा २ मा जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादवविरुद्ध आफ्ना उम्मेदवार खडा गर्ने प्रष्ट पारेका छन् ।

राउतले भने, ‘माताको यो दरवारमा स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुन्जायस छैन ।’

पार्टी प्रवेश कार्यक्रममा आएका राउतले सो क्षेत्रमा जनतमले उम्मेदवार उठाउने र जित्ने दाबी गरे ।

उपेन्द्रप्रति लक्षित गर्दै बाहिरी फिरंगी उम्मेदवारको कुनै गुञ्जायस नरहेको समेत उनको भनाई छ ।

बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सो क्षेत्रमा उपेन्द्र सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077