Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बुधबारदेखि लार्केपासको हिउँमा फसेका दुई नेपालीको उद्धार

काठमाडौं । गोरखाको लार्केपासका लागि जाँदै गरेका दुई जना नेपाली हिउँमा फसेपछि उद्धार गरिएको छ। बुधबार हिउँमा फसेका उनीहरुलाई आज विहान प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार गरेको हो ।

हिउँमा फसेको जानकारी आएपछि सामागाउँ प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उनीहरूलाई आज बिहान उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार नवलपुरका सौरभ खनाल र अनिता घलेलाई उद्धार गरेर धर्मशालासम्म ल्याइएको छ।

लार्केपास गर्न बुधबार बिहान उनीहरू सामागाउँको लार्के गाउँबाट त्यसतर्फ लागेका थिए। उनीहरू धर्मशालाबाट करिब दुई घन्टा माथि बाटोमा हिउँमा फसेको जानकारी आएपछि उद्धार गरिएको हो। उद्धार गरिएकाहरूको अवस्था सामान्य छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077