Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट एआईजीमा पदोन्नति भएका पाँच जनालाई प्रहरी अधिकारीहरुलाई आईजीपी धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

एआईजी पदोन्नति हुनेमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली रहेका छन् ।

समारोहमा आईजीपी सिंहले पदोन्नति भएका एआईजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077