Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल टेलिकमको नेटवर्कमा फेरि समस्या

    नेपाल टेलिकमको नेटवर्कमा फेरि समस्या

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 585
    SHARES

    काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या आउँदा फोन सम्पर्कमा कठिनाइ भएको छ ।

    टेलिकमको फोरजी नेटवर्कबाट हुने टेलिफोन सेवा भ्वाइस ओभर एलटीई (भोल्टे) मा समस्या आएपछि सेवाग्राहीहरू समस्यामा परेका हुन् ।



    नेपाल टेलिकम स्रोतका अनुसार बुधबार बिहान करिब पौने १० बजेदेखि भोल्टे सेवामा समस्या आएको हो।



    नेपाल टेलिकमका प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका छन् ।

    भोल्टेमा समस्या आउँदा यसमा आधारित पोस्टपेड तथा प्रिपेड दुवै किसिमका सेवाग्राही फोन नलाग्ने समस्यामा परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार