Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 726
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बसने भएको छ । बैठक आज दिउँसो १ बजेपछि नयाँ बानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो ।

    बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति सभापति माया प्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८÷७९ सभा समक्ष पेश गर्ने कार्यसूची छ ।



    त्यस्तै सांसद भुवन बहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक–साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने छन् ।



    बैठकको सुरुमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने संघीय संसद सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार