Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ राष्ट्रपति सी मस्को पुगेको भोलिपल्ट जापानी प्रधानमन्त्री किशिदा युक्रेनमा

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा आकस्मिक रुपमा मंगलबार युक्रेनको पुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेट भएको भोलिपल्ट किशिदा किभ पुगेका हुन् ।

एशियाका प्रतिस्पर्धी दुई देशका नेताहरूको यो समानान्तर भ्रमणले विश्व राजनीतिमा गहिरो अर्थ राख्ने कतिपयको विश्लेषण छ।युक्रेन युद्ध सुरुभएयता पहिलो पटक मस्को पुगेका चिनियाँ राष्ट्रपति सी जिन्पिङले सोमवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चार घण्टाभन्दा लामो वार्ता गरेका थिए।

जी सेभेनको सदस्य राष्ट्रको कुनै एशियाली र अमेरिकी मित्रराष्ट्रका शीर्ष नेता युक्रेन गएको यो पहिलो पटक हो । भ्रमणका क्रममा किशिदाले युक्रेनलाई जापानको अविच्छिन्न साथ र ऐक्यबद्धता रहेको कुरा प्रष्ट रूपमा राख्ने र युक्रेनविरुद्ध रुसी आक्रोशको विरोध गर्नेु बताइएको छ ।

यसअघि पनि किशिदाले छिमेकी मुलुक युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध खुलेर विरोध जनाएका थिए । यसअघि किशिदाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077