Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

चीनबाट प्रचण्ड र देउवासँग वर्षमानको फोन संवाद, भने - जनपक्षीय काम गर्नू

काठमाडौं । चीनमा उपचाररत् नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन्।

पुनले प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार संवाद गरेको उनको सचिवालयले जनाएको छ। नेता पुनले संसदका झन्डै दुई तिहाइ सदस्यले विश्वासको मत दिएकामा प्रधानमन्त्रीलाई बधाई दिए।

दुबै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी सिर्जना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताए ।

‘को प्रधानमन्त्री र को मन्त्री बन्न भन्ने कुरासँग जनतालाई त्यति धेरै चासो छैन,’ पुनले भने, ‘व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका जनता अर्थतन्त्रका सुधार तथा सुशासन, विकास, रोजगारी र आफ्नो अवस्थामा परिवर्तन चाहन्छन्।’

देउवासँग पुनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एउटै एजेन्डा लिएर जनतामा गएका दलहरू एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको भन्दै खुसी व्यक्त गरे। उनले प्रमुख दुई नेता गठबन्धनका दलहरू मिलेर आगामी पाँच वर्षसम्म सहकार्य गर्नुपर्ने उल्लेख गरे।

जवाफमा देउवाले गठबन्धन पाँच वर्षसम्म टिक्नेमा आफूहरूले आश्वस्त तुल्याउने बताए। प्रचण्ड र देउवा दुबैले पुनको स्वास्थ्य लाभको कामना गर्दै छिट्टै निको भएर फर्कन भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077