Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • डाइभर्सन भासिएपछि महेन्द्र राजमार्ग १२ घण्टादेखि अवरुद्ध

    डाइभर्सन भासिएपछि महेन्द्र राजमार्ग १२ घण्टादेखि अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 621
    SHARES

    नवलपरासी । महेन्द्र राजमार्गको ४० किलोमिटर भन्ने स्थानमा १२ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ ।

    महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भास्सिएका कारण गएराति साढे १० बजेबाट राजमार्ग अवरुद्ध भएको हो ।



    महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सवारी साधन चोरमारा र डन्डामा अलपत्र परेका छन् ।



    महेन्द्रराजमार्गको चोरमारा र कावासोतीको बिचमा पर्ने ४० किलोमिटर भन्ने स्थानमा राजमार्ग बिग्रिएको हो ।

    सडक बनाएर राजमार्ग सुरु गर्न हिलैहिलो भएका कारण नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    चोरमारा प्रहरी चौकीका अनुसार बिग्रिएको ठाउँमा ग्राइभेल हाल्न जामका कारण सकिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार