Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ राष्ट्रपति सी र पुटिनबीच क्रेमलिनमा अनौपचारिक वार्ता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच क्रेमलिनमा अनौपचारिक भेटवार्ता भएको छ ।

तीन दिने राजकीय भ्रमणका लागि मस्को पुगेका राष्ट्रपति सी र पुटिनबीच भेटवार्ता भएको हो ।

भेटमा चिनियाँ राष्ट्रपति सीले सन् २०२४ मा हुने निर्वाचनमा रुसले भ्लादिमिर पुटिनलाई पुनः निर्वाचित गराउनेमा आफू विश्वस्त रहेको बताए ।

'तपाईंको बलियो नेतृत्वमा रुसले समृद्धिमा महत्त्वपूर्ण प्रगति गरेको छ,' उनले भनेका छन्, 'रुसी जनताले तपाईंको प्रयासलाई साथ दिनेमा म विश्वस्त छु ।'

उनीहरुबीच द्विपक्षीय औपचारिक वार्ता भने मंगलबार हुनेछ। उनीहरुले दुई संयुक्त वक्तव्य जारी गर्ने र एक दर्जन सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077