विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन् ।
सोमबार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा खानेपानी आयोजनाको उद्घाटन गर्न पुगेका मुख्यमन्त्री कार्कीलाई किराँत राई यायोख्खा नेतृत्वको टोलीले गोरु मारे भञ्ज्याङमा कालो झण्डा देखाएका हुन् ।
प्रदेशको नाम कोसी राखेको विरोधमा उत्रिएका पहिचानवादीहरूले मुख्यमन्त्रीमाथि आक्रमण प्रयास गरेपछि प्रहरीले स्कटिङ गर्दै मुख्यमन्त्रीको गाडी गन्तव्यतर्फ पठाएको छ ।
फागुन १७ मा प्रदेशको नाम कोशी राखिएपछि यतिबेला पहिचान पक्षधरले विरोधका कार्यक्रमलाई तिव्र बनाएका छन् ।
Leave a Reply