Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अचेत अवस्थामा भेटिएका सशस्त्रका इन्सपेक्टरको मृत्यु

काठमाडौं । सशस्त्र प्रहरी बलका इन्सपेक्टर तिर्थ ढुंगेलको मृत्यु भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित बैण्ड गुल्ममा कार्यरत ४३ वर्षीय ढुंगेलको मृत्यु भएको हो ।

उनी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ भाटभटेनी सुपरमार्केट नजिकको तथा राधे राधे भन्ने ठाउँमा अचेत  अवस्थामा चैत ४ गते फेला परेका थिए ।

राधे राधे नजिकको प्राणजल फास्ट फुड रेष्टुरेन्टमा गएर फर्कने क्रममा उनी लडेर अचेत अवस्थामा भेटिएका थिए । दिउँसो ५ बजेतिर स्थानीयले अचेत अवस्थामा सडकमा लडेको देखेपछि उनलाई ट्याक्सीमा राखेर उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएको थियो ।

अस्ताल पुर्‍याएको १ घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो । ट्याक्सी चालकसमेतका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077