Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका आईजीपी अर्याल भन्छन् - संगठन कसैको दवाब र प्रभावमा छैन्

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन हाल कुनै पनि व्यक्ति विशेषको दबाब र प्रभावमा नरहेको बताएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सिनियर अधिकृतको लागि सञ्चालित विभिन्न उन्नत तालिमको प्रथम प्रवचन तथा समापनमा बोल्दै आईजीपी अर्यालले यस्तो बताएका हुन् ।

उनले संगठनमा पद्धती बस्दै गएको दाबी गरे । संगठनमा सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन्।

‘कुनै पनि संगठन व्यक्ति विशेषले मात्र निर्माण र सुधार गर्ने विषय होइन। संंगठन बलियो हुन त्यहाँ कार्यरत हरेक कर्मचारीमा सकारात्मक सोच र त्यागको भावना हुनुपर्दछ’, अर्यालले भने, ‘वर्तमान अवस्थामा संगठन अभावमा होला तर कसैको दवाब र प्रभावमा पर्ने छैन, हाम्रा न्यायका आँखाले तपाईहरु सबैलाई समान देख्ने छ, ढुक्क हुनुहोला ।’

उनले फौजी संगठनलाई चलायमान बनाईराख्न तालिमको विशेष महत्व रहने उल्लेख गर्दै तालिमले संगठनका राष्ट्रसेवक कर्मचारीहरुलाई लगनशिल, अनुशासित, कर्तब्यनिष्ठ बनाउनुको साथै पेशागत दक्षता अभिबृद्धि र संगठनप्रति अझ निष्ठावान बनाउने विश्वास व्यक्त गरे ।

महानिरीक्षक अर्यालले कार्यक्षेत्रमा संगठनले प्रदर्शन गर्ने व्यावसायिकता त्यहाँ कार्यरत कर्मचारीमा निर्भर हुन्छ, भने कर्मचारीले सम्पादन गर्ने हरेक काम कारवाहीको सफलता तथा असफलता उसले लिएको सेवाकालिन तालिमहरुबाट निर्देशित हुने बताए ।

उनले सशस्त्र प्रहरी बल नेपाललाई राज्यले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न संगठनका हरेक सदस्य शारीरिक रुपमा सबल र मानसिक रुपमा सक्षम, इमान्दार, अनुशासित हुनु अपरिहार्य रहेको बताउनुहुँदै सकारात्मक सोचका साथ सम्पादन गरिने कुनै पनि काम कारवाहीले उत्कृष्ट नतिजा हासिल गर्दै सुरक्षा वृत्तमा संगठनलाई अब्बल सुरक्षा संयन्त्र सावित गर्न थप टेवा पु¥याउने उल्लेख गरे ।

सरुवा बढुवाको विषय होस् चाहे सेवा सुविधाको विषयमा आफूले मात्र नभई सबैले अवसर प्राप्त गर्नुपर्छ भन्ने भावना हुनपर्नेमा महानिरीक्षकको जोड छ ।

महानिरीक्षक अर्यालले संगठन सरुवा बढुवा र सेवा सुविधा लगायतका विषयमा पद्धती हावी हुने अवस्था सिर्जना गरी सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताउँदै संगठनका हरेक कर्मचारीले आफ्नो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाँती राखेर नेतृत्वसँग हातेमालो गर्दै संगठनको विकास र विस्तारमा एउटै लक्ष्यका साथ अघि बढ्न निर्देशन दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, प्रतिष्ठानका कार्यकारी निर्देशक अभि कुमार खत्री, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077