Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीका व्यवसायी हजरा मृत फेला, हत्याको आशंका

सर्लाही । सर्लाहीका व्यवसायी एवं गोडैतास्थित उद्योग वाणिज्य संघका अध्यक्ष उपेन्द्र हजरा मृत फेला परेका छन् ।

गोडैता नगरपालिका– ८ का हजराको शव शनिबार दिउँसो घरदेखि करिब तीन सय मिटर उत्तर–पूर्वतर्फ रहरी घारीमा फेला परेको हो ।

शुक्रबार साँझ घरबाट समान्य अवस्थामा हिँडेका हजराको शव शनिबार अपराह्न रहर खेतमा लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको हत्या भएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर पनि मगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077