Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो ।

तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए ।

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् । यस्तै संसदीय दल विधान पनि तयार पारेकोबारे बैठकमा जानकारी गराइएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मतबारे पछि बैठक बसेर निर्णय गरिने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077