Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले भने - अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सामूहिक प्रयासकाे खाँचो छ

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन् ।

शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

सभामुख घिमिरेले मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानुनको अभाव हुन नदिन आफू सचेत रहेको बताए ।

व्यापार गरी नाफा कमाउनु व्यवसायीहरुको धर्म भएपनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दीगो विकासमा अझै बढि योगदान पुर्याउन पनि उनले व्यवसायीहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077