Online Nepal
  • बिहिबार, ६ मंसिर २०८१
  • राष्ट्रपति पौडेलले भने – संविधानको संरक्षण मेरो प्रमुख दायित्व हो

    राष्ट्रपति पौडेलले भने – संविधानको संरक्षण मेरो प्रमुख दायित्व हो

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 669
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो अबको प्रमुख दायित्व र कर्तव्य भएको बताएका छन् ।

    देशभरका सांसदका लागि शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    राष्ट्रपति पौडेलले भने, ‘संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।’



    राष्ट्रपति पौडेलले नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति पनि आफू सदैव सचेत रहेको बताए ।

    कार्यक्रममा प्रधानमन्त्री, समामुख, राष्ट्रिय सभा अध्यक्षलगायत शीर्ष नेताहरु पनि सहभागी भएका छन्। पौडेलले चियापान कार्यक्रममा सहभागीलाई धन्यवाद दिए।

    उनले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रहन कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार