Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाँजा कारोबारी र प्रहरीबीच झडप : एक राउण्ड हवाई फायर, दुईजना पक्राउ

सिन्धुली । सिन्धुलीमा अवैध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका ७ भुताहास्थित क्यानखोलाबाट ७६ किलो गाँजा, मोटसाइकलसहित उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पक्राउ पर्नेमा हिरहरपुरगढी ८ का ३३ वर्षीय देवकुमार स्याङ्तान र हरिवन नगरपालिका २ सर्लाहीका २३ वर्षीय प्रल्हादकुमार थोकर छन् ।

मोटरसाइकलमा बोरामा प्याक गरेर निकासी गर्न लागेको गाँजा नियन्त्रणमा लिनेक्रममा तस्करले प्रहरीलाई ढुंगामुडा गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।

विशेष सूचनाको आधारमा गाँजा कारोबारीलाई पक्राउ गरिएको सिन्धुली प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077