Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युरोपियन युनियनका राजदूतहरुको टोली र मुख्यमन्त्रीबीच भेटवार्ता

धनगढी । नेपालका लागि युरोपियन युनियन (इयु) तथा इयु सदस्य तीन राष्ट्रका राजदूतहरुको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटवार्ता गरेका छन्।

सुदूरपश्चिमका तीन जिल्लाको भ्रमण सकेर धनगढी फर्केका युरोपियन युनियनका राजदूत र तीन सदस्य राष्ट्रहरू जर्मन, फ्रान्स र फिनल्याण्डका राजदूतहरूले बिहीबार मुख्यमन्त्री शाहसँग भेटघाट गरेका हुन्।

भेटमा सुदूरपश्चिमको विकास, सम्बन्ध लगायतको बारेमा छलफल भएको बताईएको छ ।

भेटवार्ताको क्रममा मन्त्रीद्वय नरेशकुमार शाही र प्रकाशबहादुर देउवाको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077