Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी ड्रोन दुर्घटना, रुसको लडाकु विमानसँग ठोक्किएको दाबी

एजेन्सी । रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको छ ।

अमेरिकी अधिकारीका अनुसार मंगलबार रुसीको एसयू-२७ लडाकु विमान र अमेरिकाको मानवरहीत ड्रोन आकासमा उडिरहेका थिए । त्यही क्रममा अमेरिकी ड्रोन ‘ब्ल्याक सी’ (कालो सागर) मा खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको हो ।

युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला भएको यो दुर्घटनापछि दुवै देशका सेना सतर्क अवस्थामा रहेको बीबीसीले जनाएको छ ।

कालो सागर रुस र अमेरिकाको सीमा क्षेत्रमा पर्दछ । रुसले युक्रेनमा आक्रमण थालेदेखि नै यो क्षेमा लामो समयदेखि तनावको स्थिति छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077