Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आरआरका विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन

काठमाडौं । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा मंगलबार बिहान विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन्।

निर्वाचन अधिकृतको राजीनामा माग गर्दै विद्यार्थी संगठनले विराेध प्रदर्शन गरेका हुन्।

अनेरास्ववियू, नेविसंघ, अखिल(क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी विप्लव, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ लगायका विद्यार्थी संगठनले प्रशासन र निर्वाचन अधिकृतले अराजक शैली अपनाएको भन्दै संयुक्त रुपमा विरोधमा उत्रिएका हुन्।

उनीहरूले फर्जी तथा अवैधानिक मतदाता नामावली खारेज गर्नुपर्ने, निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, मतदाता नामावलीउपर निष्पक्ष छानबिन गरी वास्तविक मतदाता सूची सार्वजनिक गर्नुपर्ने लगायतका माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077