Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले बढायो रासायनिक मलको मूल्य, युरिया प्रतिकेजी १४ बाट २५ रुपैयाँ पुग्यो

काठमाडौं । सरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको छ ।

रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएकोले मलमा दिँदै आएको अनुदान घटाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जनाएको हो ।

कृषकले ७०.८२ प्रतिशत अनुदान पाउँदै आएकामा अबदेखि ५९.०४ प्रतिशत मात्र अनुदान पाउनेछन् ।

योसँगै अब युरियाको मूल्य १४ बाट बढाएर २५ रुपैयाँ पुर्याइएको छ । डिएपीको ४३ बाट ५० र पोटास ३१ बाट ४० रुपैयाँ पुर्याइएको छ ।

देशभर मलको चर्को अभाव भइरहेको बेला सरकारले मूल्य बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077