Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी सेनाको दाबी - एकैदिन हजार रुसी सैनिक मारिए

काठमाडौं । बाखमुतमा जारी भीषण लडाइँमा रुसका एक हजार ९० सैनिकहरूको मृत्यु भएको युक्रेनी सेनाले दाबी गरेको छ ।

युक्रेनी सेनाका अनुसार शनिवार २४ घन्टाभित्र एक हजार ९० रुसी सैनिकहरू मारिएका हुन् ।

बाखमुतमा भइरहेको भीषण लडाइँमा रुस र युक्रेन दुवै पक्षका सैनिकहरू ठूलो संख्यामा हताहत भइरहेका छन् ।

रुसीहरूले आठवटा ट्यांक, सातवटा सशस्त्र वाहन, चारवटा आर्टिलरी गन तथा चारवटा हवाई प्रतिरक्षा प्रणाली समेत गुमाएको युक्रेनीहरू दाबी गर्छन् ।

यसैबीच डोनेत्स्कको भुहलेदारमा रुसले थर्माइट रेन नामक घातक बम प्रहार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077