Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युतीय सवारी साधनको प्रयोग बढाउन कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले विद्युत्‌मा गरिएको लगानीसँगै विद्युत् खपत पनि बढाउने कार्ययोजना रहेकाले सोहीअनुरुप विद्युतीय सवारीसाधनहरू आइरहेको बताए ।

उनले भने, ‘बिजुलीको खपत बढाउने कार्ययोजनाअन्तर्गत बिजुली गाडीहरू आइरहेको छ, त्यसका लागि सबैलाई बिजुली गाडी प्रयोग गरिदिनुहुन आह्वान गर्छु । बिजुली गाडीको प्रयोगले प्रदूषण पनि घट्छ । आउँदा दिनमा सबैले बिजुली गाडी प्रयोग गरौँ ।’

पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनभन्दा विद्युत्‌बाट चल्ने सवारीसाधन कयौँ गुणा सस्तो पर्ने घिसिङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077