काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसबाट राजीनामा दिएका छन् ।
राष्ट्रपति पौडेलले सोमबार सभामुख देवराज घिमिरेसमक्ष राजीनामा बुझाएका हुन्।
राष्ट्रपति पौडेल यही फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपतिमा निर्वाचित भएपछि नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधि सभा सदस्यको राजनीतिक पद स्वतः रिक्त हुने बेहोरा उल्लेख गर्दै पौडेलले राजीनामा दिएका हुन्।
पौडेलले सोमबार दिउँसो १ बजे कामु प्रधानन्यायाधीशबाट शपथ लिने कार्यक्रम रहेको छ ।