Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनसरीमा सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२ हलगढामा सफारीले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

आज दिउँसो तरहराबाट इटहरीतर्फ आउँदै गरेको को १ ह ५६०५ नम्बरको सफारीले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६८ वर्षीया पुण्यमाया काफ्लेको मृत्यु भएको हो ।

सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ ।

दुर्घटनापछि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077